Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

कांग्रेस स्वास्थ्य समन्वय उपसमितिमा आठजना सदस्य थपिए

काठमाडौं । नेपाली कांग्रेसले महासमितिको बैठक तयारीका लागि स्वास्थ्य समन्वय उपसमितिमा आठ जना सदस्य थप गरेको छ ।

कांग्रेसको महासमिति बैठक आगामी फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा हुँदैछ ।

त्यसका लागि कांग्रेसले यसअघि नै पार्टी केन्द्रीय सदस्य उर्मिला नेपाल केसीको संयोजकत्वमा स्वास्थ्य समन्वय उपसमिति गठन गरेको थियो ।

उक्त समितिको सदस्यमा प्रजातन्त्रवादी चिकित्सक संघका केन्द्रीय अध्यक्ष डा. अनिलविक्रम कार्की, नेपाल लोकतान्त्रिक आयुर्वेद चिकित्सक संघका अध्यक्ष डा. वंशदीप शर्मा, नेपाल स्वास्थ्यकर्मी संघका अध्यक्ष रामजी घिमिरे, डा. अबुल हुसेन अन्सारी, डा. विक्रान्त बस्नेत, धनप्रसाद पौडेल, दीपक मुडवरी र डा. सञ्जीवकुमार यादवलाई चयन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077