Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जीवितै रहेका पतिको मृत्यु दर्ता गरेर भत्ता बुझ्ने पत्नीलाई ३ महिना जेल, वडासचिव पनि दोषी

काठमाडौं । जीवितै रहेका आफ्ना पतिको मृत्युदर्ता प्रमाणपत्र बनाएर भत्ता बुझ्ने महिला र मृत्युदर्ता तयार पारी भत्ता दिने वडासचिव भ्रष्टाचारमा दोषी ठहर भएका छन् ।

रामेछापको मन्थली नगरपालिका-३ बस्ने रामबाबु खत्रीको मृत्यु दर्ता गराएर करिब १२ महिनासम्मको एकल महिला भत्ता खाएको प्रकरणमा निर्मला खत्री दोषी ठहर भएकी हुन् ।

विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार न्यायाधीशहरु टेक नारायण कुँवर, तेजा नारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले भत्ता दिने वडाध्यक्ष महतो र भत्ता लिने निर्मला खत्रीलाई दोषी ठहर गरेको हो ।

उनीहरु दुवै जनालाई जनही ३ महिना कैद र १० हजार रुपैयाँ जरिवानाको फैसला भएको छ । तत्कालीन वडा सचिव महतोले २०७८ साल भदौ २१ गते नै एकल महिला भत्ताको परिचयपत्र त्यही दिनदेखि लागू हुनेगरि बनाइदिएका थिए ।

निर्मलाले गत वर्षको माघ महिनासम्म गरी कुल १५ महिनाको मासिक २ हजार ६६० रुपैयाँका दरले ३९ हजार ९ रुपैयाँ भत्ता बुझेकी थिइन् ।

निर्मलाका पति जीवितै रहे पनि उनले एकल महिला भत्ता लिइरहेको तथ्य बाहिरिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरेर गत मंसिर ८ गते महतो र खत्रीविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077