Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पाल्पा जिप दुर्घटना अपडेट : ३ पुरुष र ५ जना महिलाको मृत्यु, १८ घाइते

बुटवल । पाल्पामा भएको जिप दुर्घटनामा मृत्यु भएका ८ जनामध्ये ३ जना पुरुष र ५ जना महिला रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार मंगलबार भएको जिप दुर्घटनामा १८ जना घाइते भएका छन् ।

घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको लुम्बिनी मेडिकल कलेज प्रभासले जनाएको छ ।

मृतक र घाइतेको भने सनाखत भएको छैन । मंगलबार बेलुकी पौने ५ बजेतिर तिनाउ गाउँपालिकाको वडा नं. ६, चिदिसमा लु १ ज २३७१ नम्बरको जिप दुर्घटना भएको थियो ।

दुर्घटनाका मृतक र घाइते अधिकांश चिदिस गाउँका छन् । क्षमताभन्दा बढी लोड र उकालोमा सवारीसाधनले थाम्न नसक्दा ब्याक भएर दुर्घटना भएको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077