Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

वडाध्यक्षहरुप्रति बालेन आक्रोसित, भन्छन् - यस्तो गलत प्रवृतिले बन्छ त काठमाडौं ?

काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले वडाअध्यक्षहरुले आफ्नो पार्टीका कर्मचारीहरुलाई बचाउन लागेको आरोप लागाएका छन् ।

मंगलबार भएको कार्यपालिका बैठकमा कर्मचारीलाई कारवाही गर्ने विषयमा साथ नपाएपछि मेयर बालेनले सो आरोप लगाएका हुन् ।

कर्मचारीलाई काठमाडौं महानगरपालिकाले गरेको कारबाहीलाई लिएर जनप्रतिनिधिले प्रश्न उठाएपछि मेयर बालेन्द्र साह आक्रोसित बनेका छन् ।

बैठकपछि सामाजिक सञ्जालमा मेयर साहले स्टाटस लेखे, ‘कर्मचारीबाट के गलत भएको हो भन्ने पनि थाहा छ, कर्मचारी स्वयंले ‘मैले गलत गरेको हो’ भनेर लिखितरूपमा स्वीकारेको पनि थाहा छ, यति हुँदाहुँदै पनि अब के गर्ने भनेर कार्यपालिकाबाट अगाडि बढ्न रोक्नुको अर्थ हो, वडाध्यक्षज्यूहरूको आफ्नो पार्टीको कर्मचारीलाई बचाउने खेल ।’

चोरभन्दा कसले खुट्टा तान्छ भन्ने जगजाहेर रहेको भन्दै उनले चोर भन्दा झस्किएर आफ्नो खुट्टा तान्नेप्रति शंका रहेको उनले बताए ।

'आफ्ना पार्टीका कर्मचारीलाई जे गरे पनि बचाउन जुन हदसम्म पनि जान सक्ने जनप्रतिनिधिहरूले साँच्चै स्थानीय सरकारको मर्म आत्मसाथ गर्न सकेको कसरी मान्ने ? जनप्रतिनिधिको आवरणमा कांग्रेस, एमाले र माओवादीका पार्टी प्रतिनिधि रहेको किन नभन्ने ? यस्तो गलत प्रवृतिले बन्छ त काठमाण्डौ ?' उनले लेखेका छन् ।

यस्तो छ मेयर बालेनको स्टाटस :

कर्मचारीबाट के गलत भएको हो भन्ने पनि थाहा छ ।कर्मचारी स्वयमले ुमैले गलत गरेको होु भनेर लिखितरूपमा स्विकारेको पनि थाहा छ । यति हुँदा हुँदै पनि अब के गर्ने भनेर कार्यपालिकाबाट अगाडि बढाउन रोक्नुको अर्थ हो, वडाअध्यक्षज्युहरुको आफ्नो पार्टीको कर्मचारीलाई बचाउने खेल । यसलाई कर्मचारीको मनोबल के हुन्छ, मेयरले एकलौटी गर्न पाइदैन भन्ने जस्ता प्रश्नले छोप्न खोजिन्छ ।

साँच्चै भ्रममा हुनुहुन्छ भने निस्कनु होला । चोर भन्दा कसले खुट्टा तान्छ भन्ने जगजाहेर छ । चोर भन्दा झस्किएर आफ्नो खुट्टा तान्नेहरूप्रति हाम्रो शंका छ । प्रस्ट हुनुहोस्, गलत कृत्यलाई कारबाही गर्दा भ्रष्ट, कमिसनखोर कर्मचारीहरूको मात्रै हो मनोबल खस्किने । स्वच्छ कर्मचारीहरूको मनोबल झन् उँचो हुन्छ । गलत काम गर्ने जो कोहीलाई पनि कारबाही गरिनु पर्छ भन्ने उच्च मनोबलका कर्मचारीहरूको काठमाण्डौ महानगरमा कमि छैन ।

आफ्ना पार्टीका कर्मचारीलाई जे गरे पनि बचाउन जुन हदसम्म पनि जान सक्ने जनप्रतिनिधिहरूले साँच्चै स्थानीय सरकारको मर्म आत्मसाथ गर्न सकेको कसरी मान्ने ? जनप्रतिनिधिको आवरणमा कांग्रेस, एमाले र माओवादीका पार्टी प्रतिनिधि रहेको किन नभन्ने ? यस्तो गलत प्रवृतिले बन्छ त काठमाण्डौ ?

जनप्रतिनिधीहरुले जनताबाट म्यान्डेट लिएर आउँछन् । कर्मचारीहरू संविधान, ऐनकानुनको सीमामा बसेर जनप्रतिनिधीहरूलाई सहयोग गर्छन् । यो सम्बन्धलाई विश्वास र कानुनको पालनाले बलियो बनाउँछ, न कि जति भ्रष्ट भए पनि कर्मचारीले फाइल मिलाएर बचाइदिन्छन्, नेताले ढाकछोप गरिदिन्छन् भन्ने विचलनले ।

स्विकारी स्विकारी गलत काम गर्ने कर्मचारीलाई जोगाउन सिंगो पार्टी लाग्छ भने यो भन्दा बिडम्बना अर्को के हुन्छ ? आशा गर्छु, कार्यपालिकामा छलफलका लागि ल्याइएको प्रस्ताव नै देखाएर एकलौटी निर्णय हो भन्दा लाज मान्ने जनप्रतिनिधीहरु देशभर आउन् । गलत गरिहालेछ, आफ्नै पार्टीको पर्यो, छोडिदिनुहोस् भन्ने खालका जनप्रतिनिधीहरू कहिँकतै नदेखिउन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077