Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

निम्न माध्यामिक तहको शिक्षक पदमा दरखास्त आह्वान

काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदका लागि दरखास्त आह्वान गरेको छ ।

आज एक सूचना जारी गर्दै आयोगले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्ति गर्नुपर्ने भएकोले न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारलाई आवेदन दिन आग्रह गरेको हो ।

न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारले बुधबारदेखि अनलाइन दरखास्त प्रणालीबाट आवेदन पेश गर्न सक्ने सूचनामा उल्लेख छ ।

उम्मेदवारहरूले आयोगको दरखास्त अनलाइन पोर्टल जततउकस्ररयलष्लिभ।तकअ।नयख।लउ मार्फत सम्पूर्ण विवरणहरू भरी दरखास्त दिनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077