Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

आज हनुमानढोका दरबार पुगेर वसन्तश्रवण गर्दै राष्ट्रपति पौडेल

काठमाडौं । वसन्तपञ्चमीको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल आज हनुमानढोका दरबार पुगेर वसन्तश्रवण गर्ने भएका छन् ।

राष्ट्रपति पौडेलले बिहान ११ बजेको शुभसाइतमा ​नासलचोकमा वसन्तश्रवण गर्न लागेका हुन् ।

प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष लगायत संवैधानिक अंगका प्रमुख वसन्तश्रवण समारोहमा सहभागी हुने परम्परा छ।

यो अवसरमा नेपाली सेनाको टुकडीले सलामीसमेत अर्पण गर्नुका साथै स्थानीय मौलिक बाजागाजाले स्वागत गरिनेछ।

वसन्त पञ्चमीको दिनमा वसन्त श्रवण गरेमा सुखशान्ति र समृद्धि प्राप्त हुने विश्वास छ। यो प्रचलन राजा प्रताप मल्लको पालादेखि चलेको बताइन्छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077