Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

शिक्षक सेवा आयोगले माग्यो ठूलो संख्यामा निमावि शिक्षक, कुन विषयमा कति ? [सूचनासहित]

काठमाडौं । शिक्षक सेवा आयोगले ठूलो संख्यामा शिक्षक माग गरेको छ । आयोगले निमावि तहका ८ सय ३८ शिक्षकको लागि दरखास्त आह्वान गरेको हो ।

आयोगले विषयत रुपमा शिक्षक पूर्तिका लागि विज्ञापन माग गरेको छ। जस अनुसार नेपाली शिक्षक १७७ माग गरिएको छ।

यस्तै अंग्रेजीका लागि १७६ शिक्षकको माग हुँदा सातै प्रदेशका लागि १२८ गणित शिक्षकको माग छ। यसै गरी विज्ञानका लागि १६३ शिक्षक माग हुँदा सामाजिकका लागि १२२ जना शिक्षक आवश्यकता रहेको आयोगको भनाइ छ।

त्यसै गरी आयोगले गणित र विज्ञानका लागि ६५ जनाको दरखास्त माग गरेको छ। यजुर्वेद पढाउन एक शिक्षक माग गर्दा संस्कृत भाषाका लागि ५ जना शिक्षक माग गरिएको छ।

यसैगरी कम्प्युटर विज्ञानका लागि एक जना मागिएको छ। सामुदायिक विद्यालयको निम्न माध्यमिक तह, तृतीय श्रेणी शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्न लागिएको आयोगले जनाएको छ ।

यस्तो छ सूचना :

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077