Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रवि लामिछाने र जीबी राईमाथि सम्पत्ति शुद्धीकरणले थाल्यो अनुसन्धान, विवरण पठाउन २० बैंकलाई पत्र

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र ग्लोक्सी फोर के टेलिभिजनका सञ्चालक जीबी (गितेन्द्रबाबु) राईमाथि सम्पत्ति शुद्धीकरण विभागले छानबिन सुरु गरेको छ।

पूर्व गृहमन्त्रीसमेत रहेका लामिछाने र विभिन्न सहकारीका सञ्चालक रहेका राईमाथि विभागले छानबिन थालेको हो । यसक्रममा विभागले लामिछाने र राईको बैंकिङ खाताको विवरण मागेको छ । माघ ८ गते नेपाल बैंकसहित अन्य २० वटा बैंकलाई पत्र लेख्दै विभागले लामिछाने र राईको विवरण माग गरेको छ ।

विभागले उनीहरुको सम्पत्तिमाथि छानबिन सुरु गर्दै उनीहरुका कारोबार उपलब्ध गराउन बैंकहरुलाई अनुरोध गरेको छ। प्रारम्भिक जाँचबुझ अधिकृत भनेर हस्ताक्ष गरिएको पत्र विभिन्न बैंकहरुलाई पठाइएको छ।

जसमा नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, स्टाण्डर्ड चार्टर्ड बैंक, हिमालयन बैंक, एसबीआई बैंक, एभरेष्ट बैंकको प्रधान कार्यालयलाई पत्राचार गर्दै उनीहरुको अहिलेसम्मको बैंकिङ कारोबारको विवरण उपलब्ध गराउन अनुरोध गरिएको छ ।

त्यसैगरी एनआईसी एसिया, कुमारी, लक्ष्मी सनराइज, सिद्धार्थ, कृषि विकास बैंक, ग्लोबल, सिटिजन्स, प्राइम, प्रभु, सानिमा र माछापुच्छ्रे बैंकका मुख्य कार्यालयहरुलाई पत्राचार गर्दै उनीहरुको अहिलेसम्मको बैंकिङ कारोबारको विवरण उपलब्ध गराउन अनुरोध गरिएको छ ।

पछिल्लो समयमा लामिछानेविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा समेत सहकारी ठगीको विषयमा उजुरी परेको छ। रवि–जीबी जोडिएको सहकारीको फाइल समेत अहिले केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले अनुसन्धान गरिरहेको छ । सहकारी ठगीमा जोडिएका जीबी राईविरुद्ध डिफ्युजन नोटिस जारी भएको छ भने रेड नोटिसका लागि समेत पत्राचार भएको छ।

सहकारी ठगीका मुख्य नाइके भनिएका जिबी राई ग्यालेक्सी फोर–के टेलिभिजनका सञ्चालक हुन्। उनीविरूद्ध अरू सहकारीमार्फत ठगी गरेको समेत आरोप छ । कास्कीमा मात्रै १९ हजारभन्दा बढी बचतकर्ताको १ अर्ब ३५ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोप छ।

यो मुद्दा अहिले कास्की अदालतमा विचाराधीन छ। रकम हिनामिना प्रकरणमा सहकारी ऐन र मुलुकी अपराध संहिताको ठगीसम्बन्धी कसुरमा उनीहरुविरुद्ध मुद्दा चलाइएको छ।

गोर्खा मिडिया नेटवर्क प्रालिको नाममा समेत कर्जा लिएर ठगी गरेको आरोप लागेको छ । गोर्खा मिडिया नेटवर्क प्रालिमार्फत् नै ग्यालेक्सी फोरके टेलिभिजन सञ्चालनमा आएको थियो। त्यसका अध्यक्ष जीबी राई थिए भने ग्यालेक्सी टिभीका प्रबन्ध निर्देशक रवि थिए। पछि राजीनामा दिएर रवि राजनीतिमा लागेका थिए।

यता रवि लामिछानेको तर्फबाट बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीबाट गोर्खा मिडियाको नाममा १ करोड रुपैयाँ जम्मा भएको डिपोजिट स्लिप समेत यसअघि नै सार्वजनिक भएको थियो। पोखराको सूर्यदर्शन सहकारीबाट पनि रविका नाममा छुट्टै १ करोड निकालिएको पाइएको थियो। तर रविले आफ्नो नाम कीर्ते गरेर रकम निकालिएको हुनसक्ने भन्दै आफ्नो कुनै संलग्नता नरहे बताउँदै आएका छन्।

rbn-1707907131.jpg

 

428214875_771935610983737_4666462360307553669_n-1707907068.jpg

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077