Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कोरियन भाषा परीक्षा फागुन ७ गतेदेखि, चिट चोरे ४ वर्षसम्म परीक्षामा निषेध !

काठमाडौं । कोरियन भाषा परीक्षा (ईपीएस) फागुन ७ गतेदेखि हुने भएको छ । ईपीएस कोरिया शाखाले एक सूचना जारी गर्दै फागुन ७ गतेदेखि परीक्षा सञ्चालन गर्ने जनाएको हो ।

परीक्षा राष्ट्रिय व्यवसायिक प्रशिक्षण प्रतिष्ठान, भैसेपाटीमा हुनेछ ।

परीक्षामा चिट, कपि गरेको तथा अन्य अवाञ्छित गतिविधि गरेको भेटिएमा परीक्षा रद्द गर्नुका साथै ४ वर्षसम्मका लागि परीक्षामा समावेश हुन निषेध गरिएको ईपीएस कार्यालयले जनाएको छ ।

परीक्षामा मोबाइल फोन, इलेक्ट्रेनिक डिस्नरी, स्मार्ट वाच लगायतका कुनै पनि विद्युतीय सञ्चारका साधनहरू परीक्षा हलभित्र पूर्णतः निषेध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077