Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

विवादास्पद एसपीलाई महत्वपूर्ण जिल्लाको जिम्मेवारी

काठमाडौं । लामो रस्साकस्सीपछि अन्ततः प्रहरीका एसपीको सरुवा भएको छ । सरुवामा बदनामहरू हाबी भएका छन् भने प्रहरी महानिरीक्षक कमजोर देखिएका छन् ।

कार्यक्षमतामा कमजोर र विगतमा कारबाहीमा परेका अधिकृतहरूलाई नै मुख्य जिल्लामा पठाइएको छ । स्वयम्भु वृत्तमा हुँदा कारबाहीमा परेका मिलन केसीलाई झापा पठाइएको छ ।

डन समिरमानसिंह बस्नेतलाई जेलमा गएर भेटेकोमा उनी कारबाहीमा परेका थिए । मोरङमा पठाइएका नवराज कार्की कमाण्डमा कमजोर मानिन्छन् । फिल्डमा कमजोर अधिकृतलाई मोरङ जस्तो संवेदनशील जिल्लाको नेतृत्व दिइएको छ ।

महोत्तरीमा श्याम राईलाई पठाइएको छ । जो बौद्ध वृत्तमा हुँदा घुससहित पक्राउ परेका अधिकृत हुन् । धनकुटामा पठाइएका विमल बस्नेत ट्राफिकमा हुँदा घुस काण्डमा निलम्बनमा परेका थिए ।

त्यस्तै, चितवनजस्तो संवेदनशील जिल्लामा पनि कमजोर कमाण्ड क्षमताका भावेस रिमाललाई पठाइएको छ । प्रचण्ड परिवारलाई खुशी बनाएर उनी चितवन गएका हुन् ।

सुर्खेतमा हुँदा लागुऔषध मुद्दामा चलखेल गरेकोमा छानबिनमा तानिएका पदमबहादुर बिष्टको कैलालीमा सरुवा भएको छ ।
स्रोतका अनुसार सरुवामा माओवादी र कांग्रेसका नेता हाबी भएका छन् ।

तराईका सबै जसो जिल्लामा नेताकै सिफारिसमा सरुवा गरिएको छ । सरुवामा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरबीच टक्कर परेपछि मंगलबार प्रधानमन्त्री प्रचण्डले नै मध्यस्थता गरेर सरुवामा सहमति गराएका थिए ।

एसपीपछि प्रहरी प्रधान कार्यालयले डिएसपीको पनि व्यापक सरुवाको तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077