Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जंगलमा प्रहरी हवल्दार मृत भेटिए

रुपन्देही ।रुपन्देहीमा नेपाल प्रहरीका एकजना हवल्दार मृत भेटिएका छन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार प्रहरी चौकी भातागाडा डडेलधुरामा कार्यरत प्रहरी हवल्दार भुपेन्द्र ठकुल्ला बुटवलको जंगलमा मृत भेटिएका हुन् ।

पुस २९ गते बुटवल उपमहानगरपालिका-७ स्थित शिवनगर सामुदायिक वनमा उनको शव सडिकसको अवस्था भेटिएको रुपन्देही प्रहरीले जनाएको छ ।

ठकुल्लाको मानसिक अवस्था ठिक नभएको पाइएको बताइएको छ । एक्लै यात्रा गर्ने क्रममा गाडीबाट झरेका उनी जंगलमा खान नपाएर उनको मृत्यु भएको पनि हुनसक्ने प्रहरीको अनुमान छ ।

पोष्टमार्टम रिपोर्ट आउन बाँकी छ । ठकुल्लाको शव पोष्टमार्टमपछि आफन्तले बुझिसकेका छन् । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077