Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कञ्चनपुरका पत्रकारद्वय मध्यरातमा प्रहरी हिरासतबाट छुटे

धनगढी । कञ्चनपुरका पत्रकारद्वय पुष्कर भट्ट र ऐश्वर्या कुँवर थुनामुक्त भएका छन् ।

विद्युतीय अपराध मुद्दामा शनिबार पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालयले बिहीबार मध्यरातमा थुना मुक्त गरेको हो ।

सोही मुद्दामा पक्राउ परेका माओवादी सुदूरपश्चिमका नेता चन्द्रकान्त भट्ट समेतका ४ जनालाई बुधबार साँझ प्रहरीले छाडेको थियो ।

केही दिन अगाडी कञ्चनपुर प्रहरीले एक महिला प्रहरी निरीक्षकविरुद्ध फेसबुकमा स्टाटस र कमेन्ट लेखेको भन्दै साइबर अपराधमा मुद्दा चलाएर उनीहरूलाई अनुसन्धानका लागि पक्राउ गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077