Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • कपिलवस्तु बस दुर्घटना : मृत्यु हुनेमा सात पुरुष र तीन महिला, ६ जनाको सनाखत

    कपिलवस्तु बस दुर्घटना : मृत्यु हुनेमा सात पुरुष र तीन महिला, ६ जनाको सनाखत

    अनलाइन नेपाल
  • बिहिबार, ३ फाल्गुन २०८०
  • 777
    SHARES

    कपिलवस्तु । कपिलवस्तुमा भएको यात्रुबाहक बस दुर्घटनाका मृतक १० मध्ये ६ जनाको सनाखत भएको छ ।

    जिल्लाको शिवराज नगरपालिका वडा नम्बर १ सुरही पुल नजिकै बुधबार राति साढे १२ बजेतिर बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको थियो ।



    मृत्यक मध्ये रौतहट औराही ३ का ४६ वर्षीय नारयाण बहादुर भण्डारी ,सल्यान सौनिक हल ३ बस्ने कालिजंग गण गोरुसिगे नेपाल आर्मीमा कार्यरत अर्जुन कुमार योगि र भारत उत्तरप्रदेश मुरदाबादका सकिल मुसलमानको सनाखत भएको छ ।



    त्यस्तै भिमदत्त नगरपालिका १ कन्चनपुरका २७ वर्षीय राहुलराम कामी,भिमदत्त ४ कन्चनपुरका २४ वर्षीय उमेश भण्डारी,भिमदत्त नगरपालिका १६ कन्चनपुर वर्षीय सन्जु थापाको पनि पहिचान खुलेको कपिलवस्तु प्रहरीले जनाएको छ ।

    महेन्द्रनगरबाट काठमाडौ जाँदै गरेको सुनौलो महाकाली यातायातको सु–प–प्र–०२–००१ ख ००९८ नम्बरको बस सडकबाट झन्डै दुईसय मिटर तल खोलामा खसेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

    बाँकी ४ जना मृतकको सनाखत हुन बाँकी छ । प्रहरीका अनुसार मृत्यु हुनेमा ७ पुरुष र ३ महिला छन् । दुर्घटनामा ३० जना घाइते भएका छन् । त्यसमध्ये ९ जनालाई उपचारका लागि राति नै बुटवल रिफर गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार