Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • स्कुल बस दुर्घटना हुँदा ६ जना विद्यार्थीको मृत्यु

    स्कुल बस दुर्घटना हुँदा ६ जना विद्यार्थीको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, २९ चैत्र २०८०
  • 1.7K
    SHARES

    एजेन्सी । भारतको उत्तरी राज्य हरियाणामा बिहीबार स्कुल बस दुर्घटना हुँदा ६ जना विद्यार्थीको मृत्यु भएको छ।

    दुर्घटनाबाट १२ जनाभन्दा बढी घाइते भएको स्थानीय प्रहरीले जनाएको छ।



    जीएल पब्लिक स्कुलका करिब ४० जना विद्यार्थी बोकेको बस कानिना क्षेत्रमा दुर्घटना भएको थियो।



    ड्राइभरको लापरबाहीले दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन्। उनीहरूका अनुसार बस तीव्र गतिमा कुदाइएको थियो।

    हरियाणाका मुख्यमन्त्री नायब सिंह सैनीले मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै सन्तान गुमाउने परिवारप्रति सहानुभूतिसहित घाइतेको स्वास्थ्यलाभको कामना गरेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार