Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • पोखराको सुईखेतमा बस दुर्घटना हुँदा ८ जना घाइते

    पोखराको सुईखेतमा बस दुर्घटना हुँदा ८ जना घाइते

    अनलाइन नेपाल
  • बिहिबार, २९ चैत्र २०८०
  • 276
    SHARES

    फाइल तस्विर

    कास्की । काठमाडौंबाट म्याग्दीको दरबाङका लागि छुटेको यात्रुवाहक बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन् ।

    पोखरा महानगरपालिका-२५ सुईखेतमा आज बिहान ३ बजे ग २ ख १६३० नम्बरको यात्रुवाहक बस दुर्घटना भएको हो ।



    बस सडक डिभाइडरमा ठोकिएर दुर्घटना भएको कास्की प्रहरीले जनाएको छ ।



    सशस्त्र प्रहरीको उद्वार टोली र नेपाल प्रहरीले ८ जना घाइतेलाई उद्धार गरी उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरामा पठाएको छ ।

    बसमा ३१ जना यात्रु सवार थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार