Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • बागलुङ बस दुर्घटना : मृतकको संख्या आठ पुग्यो, घाइतेको अवस्था गम्भीर

    बागलुङ बस दुर्घटना : मृतकको संख्या आठ पुग्यो, घाइतेको अवस्था गम्भीर

    अनलाइन नेपाल
  • सोमबार, ५ चैत्र २०८०
  • 1.1K
    SHARES

    बागलुङ । बागलुङको निसीखोलामा आज साँझ भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ।

    घटनास्थलमै ७ जनाको मृत्यु भएको र अर्का एकजनाको उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको हो ।



    मृतकमध्ये चारजना पुरुष र चार महिला रहेको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ । घाइते भएका २४ जनालाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको छ ।



    घाइतेमध्ये २३ जनाको अवस्था गम्भीर छ । मृतक र घाइतेको सनाखत हुन सकेको छैन ।

    रुकुम पूर्वबाट काठमाडौँका जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नंको बस आज साँझ बागलुङको निसीखोला गाउँपालिका–६ स्थित जाउलेपानीमा दुर्घटना भएको थियो। बस सडकबाट करिब तीन सय मिटर तल खसेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार