Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • बागलुङमा बस दुर्घटना हुँदा सात जनाको मृत्यु, २४ घाइते

    बागलुङमा बस दुर्घटना हुँदा सात जनाको मृत्यु, २४ घाइते

    अनलाइन नेपाल
  • सोमबार, ५ चैत्र २०८०
  • 1.3K
    SHARES

    फाइल तस्विर

    बागलुङ । बागलुङको निसीखोलामा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।

    पश्चिम रुकुमबाट काठमाडौंका लागि हिँडेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको बस बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीमा सोमबार साँझ दुर्घटना भएको हो ।



    दुर्घटनामा ७ जना यात्रुको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ । दुर्घटनामा घाइते भएकामध्ये २४ जनाको उद्धार गरिएको छ ।



    घाइतेहरूको प्रहरी र स्थानीयले उद्धार गरी उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङ पठाइएको प्रहरीको भनाई छ । बस मध्यपहाडी लोकमार्गबाट १ सय ५० मिटर तल खसेको थियो । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार