Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

महासमिति बैठकबारे छलफल गर्न कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दै छ ।

फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा बस्न लागेको महासमिति बैठकको तयारीबारे छलफल गर्न बैठक बस्न लागेको हो ।

महासमितिमा प्रस्तुत हुने नीति प्रस्ताव, सांगठनिक प्रस्ताव र समसामयिक प्रस्तावसहितका विषयमा छलफल गर्न कांग्रेसले आज केन्द्रीय समितिको बैठक बोलाएको हो ।

बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । महासमिति बैठकमा प्रस्तुत गर्न ५९ पृष्ठको नीतिसम्बन्धी प्रस्ताव तयार भएको कांग्रेसले जनाएको छ ।

महामन्त्री गगन थापा र अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रस्ताव पेश गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077