Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

भित्री वस्त्रमा लुकाएर ल्याएको सुनसहित त्रिभुवन विमानस्थलबाट २ महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित दुई महिला पक्राउ परेका छन् । भन्सार छलि अवैध रूपमा लैजान लागेको सुनसहित दुई महिलालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा सुनसरी बराहक्षेत्र नगरपालिका–१ ठेगाना भएकी ३८ वर्षीया सन्चा कुमारी राई र धादिङ शिद्धलेख गाउँपालिका ३ ठेगाना भएकी २६ वर्षीया उर्मिला मगर रहेका छन्।

हिमालयन एयरलाइन्सको उडानद्वारा दोहाबाट नेपाल आएकी सन्चा कुमारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट नियन्त्रणमा लिई तलासी गर्दा भित्री बस्त्रमा ११.६४ ग्राम तौलको सुनको बेरुवा औंठी १ थान र करिब ५८.३२ ग्राम तौलको सुनको ब्रासलेट १ थान सहित पक्राउ गरिएको हो।

यसैगरी हिमालयन एयरलाइन्सको उडानद्वारा दुबईबाट नेपाल आएकी उर्मिलालाई विमानस्थलको आगमन टनेल गेटबाट नियन्त्रणमा लिई तलासी गर्दा पाइन्ट भित्र लुकाई छिपाई भन्सार छली लैजान लागेको अवस्थामा करिब ५० ग्राम तौलको सिक्री १ थान र करिब १८ ग्राम तौलको गणेशको मूर्तिको लकेटसहित सिक्री १ थान फेला पारी पक्राउ गरेको गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077