Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एमालेको केन्द्रीय सदस्यबाट ऐन महरले किन दिए राजीनामा ?

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरले राजीनामा दिएका छन् ।

केन्द्रीय सचिवालय बैठकले उनको राजीनामा स्वीकृत गरेको हो ।

एमालेले उनीसहित सिराज अहमद फारूकीको पनि राजीनामा स्वीकृत गरिएको केन्द्रीय कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

२०७९ को प्रतिनिधिसभा निर्वाचनमा बझाङबाट प्रतिस्पर्धा गरेका उनी पराजित भएका थिए।

अनेरास्ववियुको अध्यक्षसमेत भइसकेका महरले राजीनामा दिएको कारण भने खुलेको छैन । तर केही समयअघि उनको नाममा सामाजिक सञ्जालमा केही विवादित अडिओ र भिडिओ भाइरल भएका थिए ।

उनी एमाले अध्यक्ष केपी शर्मा ओलीनिकट मानिन्छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077