Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बालेन शाह भन्छन् - खुलामञ्च मात्र होइन, टुँडिखेल पनि खुला गर्दैछौं

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफूहरू रहेसम्म खुलामञ्च सधैँ सबैका लागि खुला हुने आश्वासन दिएका छन् ।

काठमाडौंस्थित खुलामञ्चमा खेलमैदान बनाउन लागिएको दाबीसहितका समाचारको खण्डन गर्दै बालेनले सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिएका हुन् ।

उनले आफूहरू फराकिलो काठमाडौं बनाउने बाटोमा रहेको बताए । उनले आफूहरूको चाहना खुलामञ्च सधैँ खुला नै हुनुपर्ने रहेको बताए ।

उनले भने, 'हाम्रो सधैँको चाहना छ कि खुलामञ्च सधैँ खुलै हुनुपर्छ । त्यो कुनै समूह वा कुनै एक कार्यका लागि मात्र नभएर बहुउपयोगी महत्त्वको बनोस् भन्नेमा हामी सचेत छौँ ।'

यही योजनालाई सार्थक बनाउन आफूहरूले १० महिनादेखि खुलामञ्चमा थुप्रिएका करिब १० लाख केजी कङ्क्रिट हटाउने काम सकाएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077