Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

घोराही बजारमा प्रहरीले नै हान्यो महिला प्रहरीलाई गोली, अवस्था गम्भीर

दाङ । दाङको घोराही बजारमा गोली चलेको छ । गोली लागेर घोराही उपमहानगरपालिकाको दामोदर चोकमा ड्युटीमा खटिएकी महिला प्रहरी धनमाया थापा घाइते भएकी हुन् ।

उनलाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ । उनको अवस्था गम्भीर रहेको बताइएको छ ।

प्रहरीले गोली प्रहार गरेको आरोपमा लमहीबाट एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ परेका व्यक्ति पनि प्रहरी रहेको खुलेको छ । उनी बाँकेमा कार्यरत रहेको स्रोतले बतायो ।

घटनाको थप विवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077