Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

त्रिवि उपकुलपति नियुक्तिको लागि आइतवार अन्तर्वार्ता

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि आइतवार अन्तर्वार्ता हुने भएको छ ।

छनोट तथा सिफारिस समितिले यसअघि प्रतिस्पर्धामा छनोट भएका १४ जना उम्मेदवारहरूको अन्तर्वार्ता फागुन ६ गते आइतवार लिन लागेको हो ।

प्रतिस्पर्धीहरुसँग विज्ञ र छनोट समितिका सदस्यहरूले अन्तर्वार्ता लिने छन् । उम्मेदवारहरुलाई बढीमा आधा घण्टाको समय दिएर अन्तर्वार्ता लिइने समितिले जनाएको छ ।

त्रिविको नयाँ उपकुलपतिको लागि ४३ जनाले आवेदन दिएकोमा १४ जना सर्ट लिष्टमा परेका थिए । सर्टलिष्टमा परेकासँग बुधबारसम्म प्रस्तुति लिइएको थियो।

अब आइतवार अन्तर्वार्ता सकिएपछि समितिले त्रिविको उपकुलपतिका लागि तीन जनाको नाम कुलपति समक्ष सिफारिस गर्नेछ । कुलपतिले तीन जनामध्ये एकजनालाई नयाँ उपकुलपतिमा नियुक्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077