Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको प्रतिवेदन

    ‘सहयात्री दलले कांग्रेसप्रति असन्तुष्टि पोखे, कोशीमा सरकार बनाउँदाको असर राष्ट्रिय सभा निर्वाचनमा देखियो’

    ‘सहयात्री दलले कांग्रेसप्रति असन्तुष्टि पोखे, कोशीमा सरकार बनाउँदाको असर राष्ट्रिय सभा निर्वाचनमा देखियो’

    अनलाइन नेपाल
  • शुक्रबार, ४ फाल्गुन २०८०
  • 582
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कोशीमा सरकार बनाउँदा पार्टीभित्र द्वन्द्व सिर्जना भएको दावी गरेका छन् । बिहीबारदेखि जारी केन्द्रीय समिति बैठकमा प्रतिवेदन पेश गर्दै शर्माले कोशीमा सरकार बनाउँदा उत्पन्न परिस्थितिको असर राष्ट्रिय सभा निर्वाचनमा देखिएको टिप्पणी समेत गरेका छन् ।

    बैठकमा प्रस्तुत शर्माको प्रतिवेदनमा कोशी प्रकरणलाई छुट्टै व्याख्या गरिएको छ । कोशी प्रदेशमा पछिल्लो पटक सरकार बनाउँदा र गत राष्ट्रिय सभा चुनावमा माओवादी उम्मेदवार पराजित हुँदा सहयात्री दलले कांग्रेसप्रति असन्तुष्टि देखिएको शर्माले प्रतिवेदनमा उल्लेख गरेका छन् ।



    गठबन्धनबाट १८ जना देशभर निर्वाचित हुँदा माओवादी केन्द्रको उम्मेदवार चम्पादेवी कार्की मात्रै कोशीमा पराजित भएकी थिइन् । शर्माले प्रतिवेदनमा लेखेका छन्–‘यो घटनाक्रमलाई गम्भीर समीक्षा गर्न, कमजोरी पहिचान गर्न र सहमतिपूर्वक निदान पहिल्याउन जरुरी छ।’



    नेता डा. शेखर कोइराला पक्षधरले नेकपा एमालेसँग मिलेर कोशीमा सरकार बनाएपछि कांग्रेसभित्र विवाद भएको थियो । एमालेको समर्थनमा कोइराला निकट प्रदेश सांसद केदार कार्कीले मुख्यमन्त्री बनेका छन् ।

    कांग्रेस र माओवादीबीच कोशीको मुख्यमन्त्री माओवादी केन्द्रबाट बनाउने सहमति भएको थियो । त्यसको विरुद्धमा कोइराला पक्षका सांसद उत्रिएका थिए । सभापति शेरबहादुर देउवा र दुई महामन्त्री माओवादीलाई मुख्यमन्त्री दिन तयार रहेको भन्दै कोइराला पक्षधर रुष्ट बनेको थियो ।

    पार्टीभित्र देखिएको उक्त विवादलाई महामन्त्री शर्माले प्रतिवेदनमा उल्लेख गरेका छन् । उनले भनेका छन्–‘सरकार गठनका लागि आह्वान भएपछि कोशीमा जेजस्तो घटनाक्रम विकसित भयो त्यसले कांग्रेसभित्रनै द्वन्द्व सृजना भएको थियो । माओवादी पार्टीसँग त्यसबेला कायम रहन नसकेको समझदारी राष्ट्रिय सभाको निर्वाचन परिणामपछि झनै समस्याको चपेटामा परेको छ ।’

    गठबन्धनको सरकार पाँच बर्ष चल्नुपर्छ भन्ने अपेक्षा, निर्णय र चाहना बोकिरहँदा समस्याको ढाकछोपले होइन खुला छलफल र आपसी विश्वास कायम हुने पर्ने शर्माको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार