Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

गगन थापाको प्रस्ताव - शिक्षक र कर्मचारीलाई कांग्रेस सदस्यता प्रदान नगरौं

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले शिक्षक र सरकारी कर्मचारीलाई कांग्रेस सदस्यता नदिने प्रस्ताव गरेका छ ।

फागुन ७ देखि १० गतेसम्म चल्ने महासमिति बैठकमा पेस गरिने नीति, सांगठानिक र समसामयिक राजनीतिक प्रस्तावमा उनले सो कुरा पनि उल्लेख गरेका हुन् ।

कांग्रेसमा अहिले शुभेच्छुक संस्थाका रूपमा नेपाल शिक्षक संघ र नेपाल निजामती कर्मचारी युनियन छ।

‘प्रचलित कानुनले पार्टीमा आबद्धता हुन रोक लगाएका शिक्षक, सरकारी कर्मचारी लगायतसँग सम्बन्धित शुभेच्छुक संस्थाहरूलाई पार्टीसँगको आबद्धताको निरन्तरतामा ठूलो अलमल छ, अब यस्तै अलमललाई निरन्तरता दिने कि बदल्ने ?,’ थापाले सांगठानिक प्रस्तावमा उल्लेख गरेका छन्, ‘सम्बन्धित पेशामा संलग्न व्यक्तिहरूलाई पार्टी सदस्यता प्रदान नगर्ने।’

बिहीबारदेखि सानेपामा सुरू केन्द्रीय समितिमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठानिक र अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रस्ताव पेस गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077