Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आज फागुन ५ गते शनिबार, यस्तो छ तपाईंको राशिफल

काठमाडौं । आज २०८० साल फागुन ५ गते शनिबारको राशिफल ।

मेष

नयाँ वस्त्र तथा अलंकार प्राप्ति हुनेछ । प्रशासनिक कार्यमा सफलता मिल्नेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् ।

मिथुन

आज यात्रा नगरेकै जाती हुन्छ । झन्झटिलो काममा संलग्न हुनुपर्ने समय छ । नजिकका व्यक्तिबाट धोका हुने र अवसर गुम्न सक्नेछ ।

सिंह

आफ्नो कर्तव्य तथा समाजसेवामा मन लाग्नेछ । प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । जोशजाँगर र मनोबल उच्च रहनेछ ।

तुला

शुभकार्यको चर्चा चल्नेछ । राज्यबाट मान सम्मान पाइनेछ, तर स्वास्थ्य प्रति सचेत रहनु पर्छ । नरमाइलो समाचार पनि सुनिएला ।

धनु

आज नसोचेको ठाउँबाट धनागम हुनेछ । वैदेशिक क्षेत्रको कार्य विस्तारै अघि बढ्नेछ । विशिष्ट व्यक्तिको साथ र सहयोग पाइनेछ ।

कुम्भ

आफूलाई कमजोर भएको अनुभूति हुनेछ । कुनै कारणले महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला र सानातिना समस्यामा अल्झनुपर्नेछ ।

बृष

आजबाट विस्तारै शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । नजिकको व्यक्तिबाट सहयोग पाइनेछ । शुभ समाचार पनि सुन्न पाइएला ।

कर्कट

नयाँ कार्यको चर्चा चल्नेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागिपनि श्रेष्ठ समय रहेको छ । राजनीति तथा समाजसेवामा मन लाग्नेछ ।

कन्या

आज धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । आकस्मिक धन लाभ हुनसक्छ ।

बृश्चिक

भाग्यले विभिन्न अवसर जुराउनेछ । शिक्षामा सफलता पाइनेछ । स्वास्थ्यमा सुधार आएपनि स्वास्थ्य प्रति सजगता अपनाउनु पर्छ ।

मकर

आज नयाँ र शुभकार्यको चर्चा चल्नेछ । बोलीको प्रभावले अरुको मन जित्न सकिनेछ । सामाजिक क्षेत्रमा सफलता पनि मिल्नेछ ।

मीन

आज भाग्यले साथ दिनेछ । समाजसेवामा मन लाग्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ, तर स्वास्थ्यको ख्याल गर्नु पर्छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077