Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एसपी मोहन थापा गण्डकी प्रदेशकै उत्कृष्ट प्रहरी घोषित

काठमाडौं । प्रहरी उपरीक्षक (एसपी) मोहनकुमार थापा गण्डकी प्रदेशको उत्कृष्ट प्रहरी घोषित भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख थापा गण्डकी प्रदेशको उत्कृष्ट प्रहरी घोषित भएका हुन् ।

गण्डकी प्रदेश सरकारले प्रदेश सरकारको छैटौं स्थापना दिवसको अवसरमा एसपी थापालाई उत्कृष्ट प्रहरी कर्मचारी घोषित गर्दै पुरस्कृत गरेको हो ।

सहकारी ठगीको अनुसन्धान, फरार प्रतिवादी पक्राउ, लागुऔषध नियन्त्रण तथा कास्की हुने अन्य अपराधका घटनाको अनुसन्धानमा महत्वपूर्ण भूमिका खेल शान्ति सुरक्षा कायम राखेको भन्दै पुरस्कृत गरिएको बताइएको छ ।

एसपी थापाले विगत ५ महिनादेखि कास्की प्रहरी प्रमुखको जिम्मेवारी सम्हालिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077