Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सिकार खेल्न गएका तेजलालको बन्दुकको गोली लागेर मृत्यु

दाङ । दाङमा भरुवा बन्दुकको गोली लागेर एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बबई गाउँपालिका ४ ठाँटीखोलाका २४ वर्षीय तेजलाल खत्री रहेका छन् ।

इलाका प्रहरी कार्यालय खिलतपुरका अनुसार गतराति साढे ८ बजेको समयमा शान्तिनगर १ को मल्ले छहरे भन्ने स्थानमा सिकार खेल्न गएको अवस्थामा बन्दुक पट्किएर हात र पेटमा गोली र छर्रा लाग्दा खत्रीको घटनास्थलमै मृत्यु भएको हो ।

उनीसँगै अन्य १० र १२ जना व्यक्तिहरू पनि जङ्गलमा गएको बुझिएकाले उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । मृतकको शव पोस्टमार्टमका लागि अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077