Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एमाले केन्द्रीय सदस्यबाट राजिनामा दिएका महर भन्छन् - अबको अभियान पार्टी शुद्धिकरण

काठमाडौं । नेकपा एमालेका युवा नेता ऐन महरले अब आफू पार्टी सुधार्ने अभियानमा लाग्ने बताएका छन् ।

एमाले केन्द्रीय सदस्यबाट राजिनामा दिए अनेरास्ववियुका पूर्व अध्यक्षसमेत रहेका महरले समाजिक सञ्जालबाट सो जानकारी गराएका हुन् ।

उनले अबको अभियान पार्टी शुद्धिकरण रहेको उल्लेख गरे । उनले लेखेका छन्, 'अबको अभियान पार्टी शुद्धिकरण ! त्यसको लागी संघर्ष र रुपान्तरण १ नेकपा एमाले जिन्दावाद ! जनताको बहुदलिय जनवाद जिन्दावाद ! बिर शहिदहरु लालसलाम !'

केही महिना अगाडि उनको एक युवतीसँगको विवादित अडिओ भाइरल भएको थियो । सोही कारण उनले केन्द्रीय सदस्यबाट राजिनामा दिएको बताइन्छ ।

उनको राजिनामा केही दिन अगाडि बसेको एमाले साचिवालयको २७औँ बैठकले स्वीकृतसमेत गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077