Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

४ वर्षीया बालिका बलात्कृत, १४ वर्षीय बालक पक्राउ

कपिलवस्तु । कपिलवस्तुमा चार वर्षीया बालिका बलात्कृत भएकी छिन् ।

जिल्लाको कपिलवस्तु नगरपालिका वडा नम्बर ९ की चार वर्षीया बालिका शुक्रबार साँझ ६ बजेतिर बलात्कृत भएकी हुन् ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार छिमेकका १४ वर्षे बालकले उनलाई बलात्कार गरेका थिए ।

घटनापछि शुक्रबार नै प्रहरीले आरोपी बालकलाई पक्राउ गरेको छ ।

पीडित बालिकाको बुटवल प्रादेशिक अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका बालकमाथि प्रहरीले थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077