Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कांग्रेसका नेताहरूले गरे हिन्दुराष्ट्र नेपाल स्थापना महाअभियानको घोषणा

काठमाडौं । नेपाली कांग्रेसका नेताहरूले सनातन हिन्दुराष्ट्र नेपाल स्थापना महाअभियानको औपचारिक घोषणा गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीको संयोजकत्वमा महाअभियानको घोषणा गरिएको हो ।

महाअभियानको घोषणा गर्दै भण्डारीले यसलाई स्थापित गरी अघि बढ्न सकेमा नेपाल विश्वको एक मात्र हिन्दुराष्ट्र बन्ने बताए ।

सनातन धर्मको रक्षा गर्दै देशलाई आर्थिक समृद्धिको बाटोमा अघि बढाउन कांग्रेसले अब नेतृत्वदायी भूमिका निर्वाह गर्र्न ढिलाइ गर्न नहुनेमा उनले जोड दिए ।

उनले महासमिति बैठकमा हिन्दुराष्ट्रको एजेन्डा उठाउने उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077