Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

१० किलो चरेस र सालकको खपटा सहित तीनजना पक्राउ

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका-९ टिपटारबाट अवैध लागुऔषध चरेस करिब १० किलो र करिब १ किलो तौलको सालकको खपटासहित तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने थाहा नगरपालिका(७ डाडाबास घर भएका ३५ वर्षीय दिलु भन्ने टेक बहादुर गोले, टेक बहादुरकै भतिज नाता पर्ने ३० वर्षीय गब्रे भन्ने दिलिपकुमार गोले र दिलिप कुमारकी श्रीमती ३१ वर्षीया चमेली भन्ने सबिता गोले पाख्रिन रहेका छन् ।

आधारमा इलाका प्रहरी कार्यालय चित्लाङ र इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले उनीहरूको कोठा तलासी गर्दा उक्त लागुऔषध र सालकको खपटा फेला पारी तीनै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुमाथि प्रहरीले थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077