Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बाल्टीमा डुबेर १ वर्षीया बालिकाको मृत्यु

कैलाली । कैलालीमा पानी भरिएको बाल्टीमा डुबेर १ वर्षीया बालिकाको मृत्यु भएको छ ।

टीकापुर नगरपालिका-१ शान्तिनगरकी सृतना चौधरीकी छोरी आरोहीको शनिबार पानीमा डुबेर मृत्यु भएको हो ।

नल्कामा भरेर राखिएको पानीको बाल्टीमा डुबेर आरोहीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

शनिबार उनी चमेलीपुर मामाको घर आएकी थिइन् ।

बाल्टीमा डुबेर गम्भीर घाइते भएकी उनको टीकापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077