Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • मन्त्री ज्वालालाई सात दिनभित्र संसद्‌मा उठेका विषयमा जवाफ दिन सभामुखको ध्यानाकर्षण

    मन्त्री ज्वालालाई सात दिनभित्र संसद्‌मा उठेका विषयमा जवाफ दिन सभामुखको ध्यानाकर्षण

    अनलाइन नेपाल
  • आइतबार, ६ फाल्गुन २०८०
  • 417
    SHARES

    काठमाडौं । सभामुख देवराज घिमिरेले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई सात दिनभित्र संसद्‌मा उठेका विषयमा जवाफ दिन ध्यानाकर्षण गराएका छन् ।

    आजको प्रतिनिधिसभाको शून्य, विशेष समयको बैठकमा विपक्षी नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदले मन्त्री ज्वालाको राजीनामा माग गरेपछि मन्त्री ज्वालालाई जवाफ दिन सभामुखले ध्यानकर्षण गराएका हुन् ।



    उनले भने, “बैठकको शून्य समय, आकस्मिक समय तथा विशेष समयमा माननीयज्यूहरूले उठाउनुभएका विषयका सम्बन्धमा सम्बन्धित मन्त्रीले सात दिनभित्र सदनमा जवाफ दिनुपर्ने व्यवस्था प्रतिनिधिसभा नियमावली ०७९ को नियम १५ मा रहेकोतर्फ सरकारको ध्यायनआकर्षण गर्न चाहन्छु ।”



    शुक्रबार पूर्वन्यायाधीश शेखरप्रसाद पौडेल नेतृत्वको जाँचबुझ आयोगले घटनाको मुख्य जिम्मेवार मन्त्री ज्वाला भएको ठहर गर्दै गृहमन्त्रीलाई प्रतिवेदन बुझाएको थियो ।

    ज्वालापछि सो क्षेत्रको अपरेशन कमाण्डरको भूमिकामा रहेका डीएसपी उमेश लम्साल र ज्वालाकै पीएसओ जिम्मेवार रहेको जाँचबुझ आयोगले औँल्याएको थियो ।

    गत पुस १३ गते ललितपुरको बालकुमारीस्थित इपिएस कोरिया शाखा कार्यालयमा परीक्षा फारम भर्ने विषयलाई लिएर भएको प्रदर्शनमा चौरपाटी अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार