Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

शाली नदीमा पहिलो पटक राष्ट्रप्रमुख, बज्रयोगिनी मन्दिरमा पनि पूजाअर्चना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ऐतिहासिक धार्मिक स्थल शाली नदी र बज्रयोगिनी मन्दिरमा दर्शन गरेका छन् । आइतबार बिहान ९ बजे साँखु पुगेका पौडेलले शाली नदीमा श्री स्वस्थानी र माधवनारायणको मन्दिरमा पूजा गरेका हुन् ।

त्यस्तै राष्ट्रपति पौडेलले साँखु बजारबाट झन्डै डेढ किलोमिटर माथि रहेको बज्रयोगिनी मन्दिरमा गएर पनि पूजा गरेका छन् । पौडेललाई काठमाडौं क्षेत्र नम्बर २ का सांसदहरू प्रतिमा गौतम, सोविता गौतम, शंखरापुर नगरप्रमुख रमेश नापित, उपप्रमुख समिति श्रेष्ठलगायतले स्वागत गरेका थिए।

राष्ट्रपति पौडेललाई शंखरापुर नगरप्रमुख रमेश नापितले शाली नदी, बज्रयोगिनी मन्दिरको धार्मिक, ऐतिहासिक महत्वका भूकम्पपछि क्षति भएको बज्रयोगिनी मन्दिरको पुनर्निर्माणमा भएको ढिलाइबारे पनि जानकारी गराएका थिए ।

राष्ट्रपति पौडेलले साँखुका धार्मिक क्षेत्रमा झन्डै डेढ घण्टा बिताएका छन् । साँखु शाली नदी मेलामा जाने पौडेल पहिलो राष्ट्रप्रमुख हुन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077