Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

पहुँचको आधारमा जाने योजना कटौती गर्दा कांग्रेसबाटै विरोध आयो, म आफ्नै आइडियाले काम गर्छु : भिम साउँद

अछाम । अछामको चौरपाटी गाउँपालिकाका अध्यक्ष भिम बहादुर साउँदले पहुँचको आधारमा जाने योजना कटौती गरेको बताएका छन् ।

एक अन्तर्वार्तामा उनले यसअघि पहुँचको आधारमा योजना जाने गरेको आरोप लगाउँदै अहिले कटौती गरेको दाबी गरेका हुन् । उनले पहुँचको आधारमा योजना माग्न आउने मान्छेको ठाउँ अहिले योजना समेत नपरेको बताए ।

उनले भने, 'यो भन्दा अगाडि पहुँचको आधारमा योजना जान्थे । अहिले पहुँचको आधारमा जाने सब योजना कटौती गरेका छौँ । जो पहुँचको आधारमा योजना माग्न आउँछ । उ मान्छेको ठाउँ योजना नै पर्दैन । त्यो किसिमले पनि जुन पार्टीबाट म जितेका छु त्यो पार्टीबाट बढी विरोध हुनाको कारण त्यो हो ।'

उनले पहुँचकै आधारमा योजना नदिएका कारण आफू जितको पार्टी नेपाली कांग्रेसबाटै विरोध आउने गरेको आशय व्यक्त गरे ।समग्र रूपमा चौरपाटी गाउँपालिकाका दाजुभाइका लागि आवश्यकताका आधारमा विकास निमार्णका कार्यक्रम अघि बढाइरहेको उनको भनाई छ ।

जहाँ समस्या छ त्यहाँका जनताका लागि काम गरिरहेको उनी बताउँछन् । यस्तै उनले अघिल्लो सरकार अन्य व्यक्तिको हातबाट चलेको समेत आरोप लगाए ।

उनले भने, 'अघिल्लो सरकारलाई आफू भन्दा पनि उहाँहरूलाई चलाउने मान्छेबाट उहाँहरू चल्नु हुन्थ्यो । तर म स्वयम आफ्नो दिमाग, भिजन र आइडियाले काम गर्छु । त्यसैले फरक विचारधाराका साथीहरू सन्तुष्ट हुनुहुन्छ । म प्रति आफ्नै विचारधाराका साथीहरू पहिलेकै अध्यक्षको जस्तो र पहिलेका जनप्रतिनिधिका जस्तै गर्नुपर्छ भन्ने किसिमले जुन साथीहरूले सल्लाह दिन्छु । त्यो सल्लाहलाई अटेर गरेर म समग्र चौरपाटीको विकासका लागि काम गरिरहेको छु ।'

यस्तै उनले यसअगाडीको सरकार भन्दा आफू आएपछि धेरै विकास भएको दाबी गरे । उनले व्यक्तिगत आवश्यकता भन्दा सामूहिक आवश्यकतालाई मध्ये नजर गरेर काम गरिरहेको समेत बताए । स्वास्थ्य, शिक्षा, कृषि, बालविवाह न्यूनीकरण लगायतका क्षेत्रमा आफूले सुधार गरिरहेको उनको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077