Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

कांग्रेस महासमिति बैठक आजदेखि, प्रवेश शुल्क ३ हजार !

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक आजदेखि शुरू हुँदैछ । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा आजदेखि कांग्रेस महासमिति बैठक शुरू हुन लागेको हो ।

बैठकको पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन अपराह्न गर्ने कार्यक्रम छ । बैठकमा यही फागुन ४ गते सम्पन्न केन्द्रीय कार्यसमिति बैठकबाट अनुमोदन भएका प्रतिवेदनमा छलफल हुनेछ ।

बैठकको सम्पूर्ण तयारी पूरा भएको पार्टीका केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए । बैठकमा दुई हजार एक सय पाँचजना सहभागी हुने छन् ।

महासमिति बैठकमा सहभागी हुने प्रत्येकलाई ३ हजार रुपैयाँ शुल्क तोकिएको छ। महासमिति बैठकमा करिब दुई करोड रुपैयाँ खर्च हुने अनुमान छ। त्यसैले पार्टीका व्यवसायिक व्यक्तिहरुबाट चन्दा संकलन पनि गरिएको कांग्रेसले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077