Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

प्रजातन्त्र दिवसमा पत्रकारहरूलाई निषेध, क्यामेरा डाउन गरेर सांकेतिक विरोध

काठमाडौं । प्रजातन्त्र दिवसको अवसरमा भएको कार्यक्रममा पत्रकारलाई प्रवेश निषेध गरिएको छ ।

सैनिक मञ्च टुँडीखेलमा भएको कार्यक्रममा समाचार संकलनका लागि पुगेका पत्रकारलाई प्रवेशमा रोक लगाइएको हो ।

पत्रकारलाई प्रवेशमा रोक लगाएपछि पत्रकारहरुले क्यामेरा डाउन गरेर सांकेतिक विरोध गरेका छन् ।

आज देशभर विभिन्न कार्यक्रम गरी राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदैछ । दिवसको अवसरमा काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष समारोह आयोजना गरिएको छ ।

समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुखसहितको सहभागिता रहको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077