Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

चितवनबाट ५४२ केजी गाँजासहित दुईजना पक्राउ

चितवन । चितवन प्रहरीले ५ सय ४२ किलो गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पूर्वी चितवनको झुरझुरेबाट ३० वटा पोकामा राखेर लुकाइएको गाँजा बरामद गरिएको हो ।

राप्ती-३ स्थित पूर्व-पश्चिम राजमार्गको झुरझुरेमा सडक छेउमा ना ३ ख ६१२२ नम्बरको ट्रक र ना ३ ख ७२४० नम्बरको डिब्बा ट्रकमा लुकाइएको गाँजा इलाका प्रहरी निरीक्षक श्याममणि पोखरेलको कमाण्डमा खटिएको प्रहरी गस्ती टोलीले चेकजाँच गरेको थियो ।

शंकास्पद अवस्थामा रोकिराखेको देखेपछि दुबै ट्रकको चेकजाँच गर्दा ठूलो परिमाणमा गाँजा भेटिएको प्रहरीले जनाएको छ । सिसाका बोतल बोक्ने ट्रकले धादिङको मलेखुबाट लोड गरेर ल्याएको गाँजा झुरझुरेमा डिब्बा ट्रकमा पल्टी गरिएको थियो ।

प्रहरीले डिब्बा ट्रकका चालक धनकुटा छथर जोरपाटे-३ का ३२ वर्षका रमेशनाथ दाहाल र अर्को ट्रकमा सवार कपिलवस्तु बुद्धभूमि-४ का २५ वर्षीय खुशीराम थारूलाई पक्राउ गरेको छ भने ट्रकका चालक फरार छन् । सो विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077