Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु, चालक घाइते

विराटनगर । विराटनगरमा मोटरसाइकलले ठक्कर दिँदा एक जना महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोरङको बूढीगंगा गाउँपालिका–१ की अन्दाजी ६० वर्षीया धनमाया खतिवडा रहेकी छिन् ।

सुनसरीको इटहरीबाट विराटनगरतर्फ आउँदै गरेको प्रदेश १–०१–०१४ प १२५१ नम्बरको मोटरसाइकलले सोमबार साँझ ५ः३० बजेतिर ठक्कर दिँदा उनको मृत्यु भएको हो ।

खतिवडालाई घाइते अवस्थामा उद्धार गरेर उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पतालमा लगिएकोमा उपचारकै क्रममा राति ११ः४५ बजेतिर मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।

विराटनगर महानगरपालिका–३ दूध फारममा सडक पार गर्दै गर्दा तीव्र गतिमा रहेको मोटरसाइकलले खतिवडालाई ठक्कर दिएको खुलेको छ ।

दुर्घटनामा मोटरसाइकल चालक इटहरी उपमहानगरपालिका–४ का ३० वर्षीय आशिष श्रेष्ठ पनि घाइते भएका छन् ।

उनको पनि नोबेलमै उपचार भइरहेको छ । मोटरसाइकललाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077