Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

जङ्गलमा धराप थाप्ने थप तीनजना पक्राउ

कैलाली । कैलालीको घोडाघोडी नगरपालिकाको जङ्गलमा विद्युतीय धराप थाप्ने थप तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय सुखडका अनुसार पक्राउ पर्नेमा घोडाघोडी–४ बस्ने ४९ वर्षीय जितबहादुर चौधरी, ३८ वर्षीय सुधराम चौधरी र घोडाघोडी-५ बस्ने ४० वर्षीय राजकुमार चौधरी रहेका छन् ।

उनीहरूले जंंगली जनावरको सिकार गर्न गत माघ १० गते स्थानीय तुलसीपुर सामुदायिक वनमा थापेको धरापमा परि घोडाघोडी–१० का धनबहादुर शाहीको ज्यान गएको थियो भने मोहन्याल गाउँपालिका–३ का दुर्गा खत्री घाइते भएका थिए।

घटनामा संलग्न घोडाघोडी–४ का मनीराम चौधरीलाई सुखड प्रहरीले यस अघि नै पक्राउ गरेको थियो । मनीराम माथि मुद्दा चलिरहेको छ । घटना अनुसन्धानमै रहेको सुखड प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077