Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

त्रिभुवन विमानस्थलबाट झण्डै एक किलो सुनसहित भारतीय नागरिक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ सय ५५ ग्राम सुनसहित एकजना पक्राउ परेका छन् ।

सुन जस्तो देखिने पहेँलो रंगको अर्धठोस वस्तु ल्याइएको अवस्थामा भारतीय नागरिक ३५ वर्षीय शरिफ अहमद अब्दुल गफुर पक्राउ परेका हुन् । उनलाई सोमबार राति पक्राउ गरिएको प्रहरीले जनाउको छ ।

फ्लाई दुबईको उडानद्वारा दुबईबाट काठमाडौं आएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटमा जाँच गर्ने क्रममा अवैध रूपमा लुकाई छिपाई भन्सार छलि लैजान लागेको उक्त वस्तुसहित उनलाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि भन्सार कार्यालय पठाइनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077