Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

आमा रमनश्वरीको हत्या आरोपमा छोरा दिपक पक्राउ

सुनसरी । सुनसरीमा आफ्नै आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् ।

आमा ४६ वर्षीया रमनश्वरी राईको हत्या गरेको अभियोगमा धरान उपमहानगरपालिका-११ कुविर्ताचोक बस्ने २८ वर्षीय दिपक राई पक्राउ परेका हुन् ।

उनलाई प्रहरीले सोमबार राति पक्राउ गरेको जनाएको छ । दिपकले मादक पदार्थ सेवन गरी कुटपिट गर्दा रमनश्वरी गम्भीर घाइते भएकी थिइन् ।

सो घटनाको खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट रेल्वेबाट खटिएको प्रहरीले उनलाई घोपा अस्पताल धरान लगेकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077