Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कांग्रेस महासमिति बैठक : उपसभापति खड्काले पेश गरे नीति प्रस्ताव (पूर्णपाठ)

काठमाडौं । ललितपुरको गोदावरीमा जारी नेपाली कांग्रेसको महासमिति बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव पेश गरेका छन्।

मंगलबार बिहान महासमिति बैठकमा खड्काले नीति प्रस्ताव पेश गरेका हुन्। उनले केन्द्रीय सदस्यहरूका सुझाव समेटेर उक्त नीति प्रस्तावलाई अन्तिम रूप दिएका थिए।

६५ पृष्ठको नीति प्रस्ताव गत बिहीबार केन्द्रीय समितिमा पनि पेश गरेका थिए। कांग्रेसले २०७८ मंसिरमा १४ औं महाधिवेशन गर्दा नीति अधिवेशन नगरी नेतृत्व अधिवेशनमात्रै गरेको थियो।

पार्टी नीतिबिनै हिँडेको आलोचनापछि नीति अधिवेशन समेतको काम गर्ने गरी महासमिति बैठकमा कांग्रेस जुटेको थियो। महासमिति बैठकमा मंगलबार पाँच वटा प्रतिवेदन पेश हुनेछन्।

खड्काले नीति प्रस्ताव पेश गरेसँगै महामन्त्री गगनकुमार थापाले सांगठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रस्ताव पेश गर्नेछन्।
पार्टीका प्रवक्ता एवं अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रस्ताव र लेखा समितिका संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन प्रस्ताव पेस गर्नेछन्।

बैठकमा पेस भएका प्रस्तावबारे महासमितिको बैठकमा छलफल गरी पास हुनेछन्। ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा सोमबारदेखि सुरु भएको महासमिति बैठक फागुन १० गतेसम्म चल्नेछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077