Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

हिन्दू राष्ट्रको पक्षमा शशांक कोइरालाले पनि गरे हस्ताक्षर

काठमाडौं । सनातन हिन्दु राष्ट्रको पक्षमा चलाएको अभियानमा नेपाली कांग्रेसका पूर्व महामन्त्री शशांक कोइरालाले पनि हस्ताक्षर गरेका छन् ।

मंगलबार पूर्व महामन्त्री कोइरालाले अभियानको पक्षमा हस्ताक्षर गरेका हुन् ।

ललितपुरको गोदावरीमा जारी महासमिति बैठक स्थलमा कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीको नेतृत्वमा रहेको सनातन हिन्दु राष्ट्र नेपाल स्थापना महाअभियानले हस्ताक्षर अभियान चलाएको छ ।

यस अभियानमा यसअघि बैठकको पहिलो दिन सोमबार चार सय जना महासमिति सदस्यले हस्ताक्षर गरिसकेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077