Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

व्यवसायीलाई धम्क्याएर ५० लाख चन्दा मागेको आरोपमा दुईजना पक्राउ

काठमाडौं । विभिन्न व्यक्तिलाई धम्क्याएर रकम मागेको आरोपमा दुईजना पक्राउ परेका छन् ।

कैलालीको टिकापुर घर भएका ३६ वर्षीय हृदयराज बोगटी उर्फ विश्वजित बटला र नुवाकोट घर भएका नरहरि ढुंगाना उर्फ रमेश पक्राउ परेका हुन् ।

एक व्यवसायीलाई ५० लाख रुपैयाँ चन्दा माग गर्दै धक्की दिएको उजुरीपछि उनीहरूलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मच्छेगाउँबाट पक्राउ गरेको हो ।

उनीहरूको साथबाट प्रहरीले सुदूरपश्चिम प्रदेश–०१००९ प ६६१० नम्बरको मोटरसाइकल, चार थाना मोबाइल र नेत्रविक्रम चन्द विप्लव सी नेतृत्वको (नेकपा) को सहयोग रसिद समेत बरामद गरेको छ । उनीहरुलाई थप अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077