Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

यातायात र डीडीसी प्रमुखलाई दुर्व्यवहार गरेको आरोपमा दुईजना पक्राउ

काठमाडौं । यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजाल र दुग्ध विकास संस्था (डीडीसी) का महाप्रबन्धक सञ्जीव झालाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

मोहन वैद्य नेतृत्व क्रान्तिकारी कम्युनिस्ट पार्टीको युवा संगठनका केन्द्रीय सदस्य शुकबहादुर परियार र कर्णाली प्रदेश इञ्चार्ज दीपेन्द्र शाही पक्राउ परेका हुन् ।

संगठनको कास्की जिल्ला संयोजक समेत रहेका शुकबहादुरलाई पोखराबाट पक्राउ गरेर काठमाडौं ल्याइएको छ ।

उनी २९ माघमा भएको यातायात विभागका महानिर्देशक रिजाल र ४ फागुनमा डीडीसीका महाप्रबन्धक झालाई दुर्व्यवहार गरिएको दुवै घटनामा संलग्न रहेको प्रहरीको भनाई छ ।

विकल्प उपनाम भएका शाही भने डीडीसीको घटनामा संलग्न रहेको बताइएको छ । प्रहरी उनीहरुमाथि थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077