Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कांग्रेस महासमिति बैठक : पेस भएका विभिन्न प्रतिवेदनमाथि आजदेखि छलफल

काठमाडौं । सोमबारदेखि सुरु भएको नेपाली कांग्रेस महासमिति बैठकमा आजदेखि प्रतिवेदनमाथि समूहगत छलफल हुने भएको छ । बैठकमा पेस भएका विभिन्न प्रतिवेदनमाथि आजदेखि छलफल हुने भएको हो ।

महासमिति बैठकमा मंगलबार उपसभापति पूर्णबहादुर खड्काले नीतिगत, महामन्त्री गगन थापाले संगठनात्मक, अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसायिक राजनीतिक, प्रवक्ता डा प्रकाशशरण महतले मुलुकको आर्थिक अवस्थासम्बन्धी प्रतिवेदन पेस गरेका छन् ।

सोही प्रतिवेदनमाथि छलफल गर्न महासमिति प्रतिनिधिहरूलाई प्रदेशगत रूपमा विभिन्न समूहमा विभाजन गरिनेछ ।गोदावरीको सनरालाइज सम्मेलन केन्द्रको विभिन्न हलमा प्रदेशगत रूपमा छलफल हुनेछ ।

गोदावरी हलमा कोसी र सुदूरपश्चिम प्रदेश, विशंखु नारायण हलमा मधेस र कर्णली, फुलचोकी हलमा वाग्मती र गण्डकी, केन्ज्योसोम हलमा लुम्बिनी प्रदेशका साथै शुभेच्छुक संस्था र जनसम्पर्क समितिहरूले प्रस्तावमाथि सुझाव दिन बैठकमा छलफल हुनेछ ।

केन्द्रीय पदाधिकारी, पूर्वपदाधिकारी र केन्द्रीय सदस्यहरू सम्बन्धित प्रदेशको छलफलमा सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077