Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • कांग्रेस महासमिति बैठक : पेस भएका विभिन्न प्रतिवेदनमाथि आजदेखि छलफल

    कांग्रेस महासमिति बैठक : पेस भएका विभिन्न प्रतिवेदनमाथि आजदेखि छलफल

    अनलाइन नेपाल
  • बुधबार, ९ फाल्गुन २०८०
  • 405
    SHARES

    काठमाडौं । सोमबारदेखि सुरु भएको नेपाली कांग्रेस महासमिति बैठकमा आजदेखि प्रतिवेदनमाथि समूहगत छलफल हुने भएको छ । बैठकमा पेस भएका विभिन्न प्रतिवेदनमाथि आजदेखि छलफल हुने भएको हो ।

    महासमिति बैठकमा मंगलबार उपसभापति पूर्णबहादुर खड्काले नीतिगत, महामन्त्री गगन थापाले संगठनात्मक, अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसायिक राजनीतिक, प्रवक्ता डा प्रकाशशरण महतले मुलुकको आर्थिक अवस्थासम्बन्धी प्रतिवेदन पेस गरेका छन् ।



    सोही प्रतिवेदनमाथि छलफल गर्न महासमिति प्रतिनिधिहरूलाई प्रदेशगत रूपमा विभिन्न समूहमा विभाजन गरिनेछ ।गोदावरीको सनरालाइज सम्मेलन केन्द्रको विभिन्न हलमा प्रदेशगत रूपमा छलफल हुनेछ ।



    गोदावरी हलमा कोसी र सुदूरपश्चिम प्रदेश, विशंखु नारायण हलमा मधेस र कर्णली, फुलचोकी हलमा वाग्मती र गण्डकी, केन्ज्योसोम हलमा लुम्बिनी प्रदेशका साथै शुभेच्छुक संस्था र जनसम्पर्क समितिहरूले प्रस्तावमाथि सुझाव दिन बैठकमा छलफल हुनेछ ।

    केन्द्रीय पदाधिकारी, पूर्वपदाधिकारी र केन्द्रीय सदस्यहरू सम्बन्धित प्रदेशको छलफलमा सहभागी हुनेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार