Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अछामको चौरपाटीमा जिप दुर्घटना, १५ जना घाइते

अछाम । अछाममा जिप दुर्घटना भएको छ । जिल्लाको चौरपाटी गाउँपालिका वडा नम्बर ५ स्थित आमरुख नजिक से १ झ ४२९ नम्बरको जिप आज बिहान दुर्घटनामा भएको हो ।

प्रहरी चौकी सिउँडीका अनुसार सो दुर्घटनामा १५ जना घाइते भएका छन् । ती मध्ये तीन जनाको अवस्था गम्भिर रहेको बताइएको छ ।

लुंग्राबाट साँफेबगर जाने क्रममा जिप सडकबाट करिब तीन सय मिटर तल खसेको थियो । घाइते सबैलाई उपचारको लागि वयलपाटा अस्पताल लगिएको बतायएको छ ।

जिपमा विद्यार्थी र सर्वसाधारण रहेका थिए । थप विवरण भने आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077